प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने नीति तथा कार्यक्रम कर्मकाण्डी भएको स्वीकार गरेका छन् ।
शनिवार नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री प्रचण्डले छलफलले लोकतन्त्रलाई बलियो बनाउने टिप्पणी गरेका हुन् । उनले पुरानै ढर्राको शैली अपनाइएको भन्ने सांसदहरुको भनाईप्रति आफ्नो सर्मथन रहेको समेत बताए ।
समयको चाप र काम गर्ने तौर तरिकाकै कारण सम्झौताकै रुपमा पुरानै शैलीको नीति तथा कार्यक्रम बनाइएको बताएका उनले केही हदसम्म नीति तथा कार्यक्रम कर्मकाण्डी नै भएको स्वीकार गरे । ‘जो माननीय सदस्यले यसलाई कर्मकाण्डी देख्नु भएको छ । म एक हदसम्म भन्ठान्छु यो कर्मकाण्डी पनि छ । उनले भने पोहोर सालको सरकारले ल्याउने पनि यस्तै यस्तै हुन्थ्यो । कयौं आधारभूत कुराहरु परार सालका सरकारले ल्याउने पनि यस्तै यस्तै हुन्थ्यो ।’
कर्मकाण्डी भन्ने साथीहरुले आफूहरुले पहिले ल्याए जस्तै आयो भन्नेले जे आयो ठीक आयो भनेर स्वीकार गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको तर्क छ । पुरानै जस्तो भयो कर्मकाण्डी भन्ने भन्ने साथीहरुले आफूहरुले ल्याएको जस्तै आयो भनेर सर्मथन गर्नुपर्ने उनको टिप्पणी छ ।





























प्रतिक्रिया