नेकपा सचिवालय बैठक भोलि बस्दै

नेकपा सचिवालय बैठक भोलि बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक भोलि बस्ने भएको हो । स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएसँगै सचिवालय बैठक बस्न लागेको हो ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ बीच भएको भेटमा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको स्रोतले जानकारी दियो ।

त्यस्तै आज बिहान ११ बजेका लागि तय भएको नेकपा स्थायी कमिटीको बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । पछि पुनः साउन ४ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

तर ओलीले कुनै पनि हालतमा दुवै पद नछाड्ने अडानमा छन् । दुवै पक्ष आ–आफ्नो अडानमा अडिक हुँदा गत असार १८ गतेदेखि स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ ।

Logo