नेपाल मुजदुर किसान पार्टी नेमकिपाका सांसद प्रेम सुवालले नागरिकता विधेयक विदेशीलाई खुसी पार्न प्रमाणीकरण गरेको आरोप लगाएका छन्।
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा आइतबार काठमाडौँमा आयोजित जुलुस तथा धर्ना कार्यक्रममा उनले संसदलाई छलेर यस्तो कार्य गरेको बताए।
उनले भने ‘प्रधानमन्त्रीको सिफरिसमा नागरिकता विधेयक संसदलाई छलेर राष्ट्रपतिलाई पेश गरे। राष्ट्रपतिलाई विधेयक पेश गर्ने अधिकार छैन। संसद र सभामुखलाई मात्र छ। यो विधेयक किर्ते र जालसाझी हो। नेपाली जनतालाई नागरिकता दिन हैन विदेशीलाई खुसी पार्न यो विधेयक प्रमाणीकरण गरिएको हो । प्रधानमन्त्री र राष्ट्रपतिलाई राजीनामा गराउनु पर्छ हैन भने संसदबाट अविश्वासको प्रस्ताव दर्ता हुन्छ । सडकमा नेपाली जनताको आन्दोलन जारी हुन्छ । ’
नेपालको भू-भाग आफुहरुको लागि रगतको नक्सा जस्तो भएको र यस्तो कार्य गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले देशप्रति घात गरेको उनको भनाइ छ।





























प्रतिक्रिया