प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण फितलो भएको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै अध्यक्ष ओलीले सीमा विवाद अन्त्यका लागि सुगौली सन्धी बलियो प्रमाण रहेको बताए । नेपालको जमिन साट्ने कुरा कानुन र संविधानविपरीत रहेको भन्दै उनले भारतीय फौज नेपाल भूमिमा आएर बस्दा बोल्न डराउन नहुने बताए ।
प्रधानमन्त्री प्रचण्डको बंगलादेशसम्म जानका लागि नेपालको भूमि साट्ने भन्ने अभिव्यक्ति भिडियो रेकर्ड नै रहेको बताउँदै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले नेपाली शिर ठाडो हुने गरी भारत भ्रमण नगरेको बताए ।
साथै प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल पनि पूरा नभएको अध्यक्ष ओलीको भनाइ छ । ‘परराष्ट्रमन्त्री कहाँ छन् थाहा छैन, परराष्ट्र सचिव छैनन् । परराष्ट्रको प्रोटोकल टिम छैन । जतातै उहाँकै स्वकिय सचिव छोरी देखिन्छ । यस्तो भद्रगोल प्रोटोकलले हुँदैन ।’ उनले भने ।





























प्रतिक्रिया