बजेट निर्माणबारे चित्त बुझ्दो जवाफ नआए सडक आन्दोलन थाल्छौंः ज्ञानेन्द्र शाही

बजेट निर्माणबारे चित्त बुझ्दो जवाफ नआए सडक आन्दोलन थाल्छौंः ज्ञानेन्द्र शाही

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले अर्थंमन्त्री प्रकाशशरण महतलाई आर्थिक विधेयक फाईनलको गोप्य कोठामा भन्सार विभागका पूर्व नासु रामकृष्ण श्रेष्ठलाई कसको स्वार्थमा सहभागी गराइयो भन्ने प्रश्न गरेका छन् । 

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले, करको दर फाईनलका लागि सचिव,अर्थमन्त्री आन्तरिक राजस्व विभागका महानिर्देशक मात्र गोप्य बस्ने प्रचलन रहेकोमा भन्सार विभागका पूर्व नासु श्रेष्ठलाइ सहभागी गराएर करको हेरहेर भएको विषयमा उनले आपत्ति जनाए । 

उनले भने ‘अर्थमन्त्रीलाई पाँच वटा प्रश्न छन् । करको दर फाईनल गर्नका लागि जेष्ठ १४ गते राति सचिव, अर्थमन्त्री आन्तरिक राजस्व विभागका महानिर्देशक मात्र गोप्य बस्ने प्रचलन छ । आर्थिक विधेयक फाईनल गर्ने क्रममा भंसार विभागका पूर्व नासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराइर्एको भन्ने छ । कसरी पाए कुनै स्वार्थ पुरा गर्न गोप्य कक्षमा लगेको हो ? साँचो कुरा के हो उत्तर चाहिन्छ ।’

उनले अर्थमन्त्रीबाट स्पष्ट जवाफ नआएमा राप्रपाले सदन र सडकबाट विरोध गर्ने चेतावनी दिए । उनले विधि प्रकृया मिलाएर भ्रष्टाचार भएको आरोप लगाए  ।  
 

Logo