नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न बजेट छुट्टयाएपछि सरकार ‘फेन्सी’ कुराको पछि लागेको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८० र ०८१ को बजेटमाथि धारणा राख्दै उनले सरकार आम सरोकारको विषयबाट टाढा पुगेको बताएका हुन्।
‘बजेटमा धान फलाउने, आलु फलाउने, त्यतापट्टि छैन, गहुँ फलाउने खाद्यान्नमा आत्म निर्भर बनाउने कुरा छैन, कसले गर्न खोजिरहेको छ, गाँजाखेती ? कसका लागि, कसले गर्न खोजिराख्या छ ? अचम्म लाग्छ, गाँजाखेती कसलाई चाहियो ?,’ ओलीले भने।
उनले आम नागरिकको जीवनस्तर सुधार्न भन्दा पनि अमुक व्यापारीलाई पोस्ने स्वार्थले गाँजा खेती अघि सारिएको उनले बताए। उनले गाँजाको बिउ बोकेर बसेको व्यापारी को हो ? भनेर प्रश्न पनि गरे।





























प्रतिक्रिया