यस्तो छ मधेस सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ मधेस सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

केन्द्रबिन्दु
0
Shares

मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/०८१ के नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ । आज प्रदेश सभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक ल्याएको नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिवृद्धि, गरिबी न्यूनिकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखेको छ ।

अगामी आर्थिक वर्षमा सार्वजनिक क्षेत्रको अनुत्पादक खर्चलाई निरुत्साहित गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नीति लिइनेछ । यसका लागि अनुत्पादक क्षेत्रमा बजेट विनियोजन गरिने छैन ।

अवण्डा रकम कानूनले अनिवार्य गरेको बाहेक नराख्ने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ । नागरिकले भोग्नुपरेको ढिलासुस्ती, लापरबाही, अनियमितता एवं भ्रष्टाचारजन्य विकृतिहरुको अन्त्य गरिनेछ ।

‘चुरे जोगाउ, मधेश बचाउ’, ‘बेटी बचाउ, बेटी पढाउ’, ‘मुख्यमन्त्री स्वच्छता अभियान’लगायतका विगतका सरकारले सञ्चालन गरेको अभियानलाई निरन्तरता दिइएको छ ।

 

 

Logo