राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतबाट कारण देखाऊ आदेश जारी भएको छ ।
टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा कडायतले रिट दायर गरेकी थिइन् । उक्त दायर गरेको रिटमा सर्वोच्चबाट कारण देखाऊ आदेश जारी गर्दै अग्राधिकार प्रदान गर्ने आदेश भएको हो ।
गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर नरसंहारका प्रमुख योजनाकार भनिएका रेशमलाल चौधरीलाई बाँकी कैद मिनाहा दिने निर्णय गरेका थिए । अमानवीय र गम्भीर मानव अधिकार उल्लंघनको घटनामा संलग्नलाई राष्ट्रपतिले माफी मिनाहा दिएको भन्दै राष्ट्रपतिको निर्णय बदर गर्न माग सहित घटनमा मृत्यु भएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन् ।
राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै चौधरीलाई पूरै समय जेलमा राख्न कडायतले माग गरेकी छिन् । कडायतले रिट दर्ता गर्दै राष्ट्रपतिको निर्णयले कानुन र न्यायलाई नै चुनौती दिएको आरोप लगाएकी छिन् । त्यस्तै उनले सर्वोच्च अदालतबाट न्याय नमिले अन्तर्राष्ट्रिय अदालतसम्म जाने चेतावनि दिएकी छिन् ।





























प्रतिक्रिया