प्यूठानको स्वर्गद्वारीमा आज भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभालाई जानकारी गराइएको छ ।
प्रतिनिधिसभामा ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल चलिरहँदा प्यूठानबाट प्रतिनिधित्व गर्ने सांसद सूर्य थापाले आज भएको सडक दुर्घटनाबारे सदनलाई जानकारी गराएका हुन् । उनले स्वर्गद्वारीको दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेको सवारीसाधनमा ८ जना तीर्थालु सवार रहेको जानकारी गराएका थिए ।
अर्थमन्त्रीलाई उक्त सडकको स्तरोन्नति र सुधारका लागि बजेटको व्यवस्था गर्न सुझाव सांसद थापाले दिएका थिए । साथै उनले निधन भएकाप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
सोमबार दिउँसो लु १ च ६३४५ नम्बर को ८ जना सवार कार स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो, जसमा चार बालबालिका, दुई महिला र दुई पुरूष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।





























प्रतिक्रिया