मन्त्रिपरिषद् बैठकमा बजेटबारे भएन ठोस निर्णय

मन्त्रिपरिषद् बैठकमा बजेटबारे भएन ठोस निर्णय

केन्द्रबिन्दु
0
Shares

सरकारले ल्याएको बजेटबारे सत्ता पक्षकै असन्तुष्टिबारे मन्त्रिपरिषद्को अर्को बैठकमा छलफल हुने भएको छ । 

मंगलबार बसेको नियमित मन्त्रिपरिषद् बैठकमा छलफल भएपनि ठोस निर्णय हुन नसकेपछि अर्को बैठकमा यही विषयमा मात्रै छलफल गर्ने सहमति भएको कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए । 

सञ्चारकर्मीको जिज्ञासमा उनले भने, ‘यस विषयमा केही गुनासाहरु सत्ता पक्षको पनि रही आएको छ यस सन्दर्भमा सर्वदलीय विशेष गरेर गठबन्धनका साथिहरुबाट पनि ठुलै गुनासो । हामी भित्रै ठुलो गुनासो रही आएकै छ । यसमा मिलाई-जुलाई गरेर फेरी जाउँला तर अर्को कुनै दिन यसै सन्दर्भमा मात्रै बैठक बस्ने गरेर उठेका छौं ।’

यसअघि आजै मंगलबार बसेको गठबन्धनका नेतहरुको बैठकमा बजेटमा पुनर्विचार गर्ने सहमति भएको थियो । 

त्यस्तै, मन्त्री गुरुङले एनसेलले अन्तर्राष्ट्रिय अदालतमा हालेको मुद्दा सरकारले जितेको र त्यसका लागि भूमिका खेल्ने सबैलाई धन्यवाद दिने निर्णय भएको पनि जानकारी दिए । ‘एनसेलका सन्दर्भमा अन्तर्राष्ट्रिय रुपमा एनसेलले नै मुद्दा हालेको थियो । त्यो नेपालले जितेको छ । एक अर्ब मात्रै शुल्क तिर्दा हुने अवस्था रह्यो ।’ उनले भने ‘ हाम्रो तर्फबाट अहोरात्र खटेर मुद्दा लडेका सबैलाई धन्यवाद दिएका छौं आजको निर्णय यही हो ।’ 

Logo