सुर्तीजन्य पदार्थकाे कर वृद्धिमा चलखेल भयोः स्वास्थ्यमन्त्री बस्नेत

सुर्तीजन्य पदार्थकाे कर वृद्धिमा चलखेल भयोः स्वास्थ्यमन्त्री बस्नेत

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले आफूले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने प्रस्तावमा चलखेल भएको आरोप लगाएका छन् ।

बुधवार काठमाडौंमा आयोजित रक्तदान दिवस विशेष कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य बीमाको अवस्था राम्रो नभएको र सुर्तीजन्य पदार्थबाट आएको करले विपन्न बेवारिसे तथा गरिवलाई सहयोग गर्ने उद्देश्य लिएको बताएका हुन् । 

‘स्वास्थ्य विमा अहिले अलपत्र अवस्थामा रहेको छ । हामी भन्ने बेलामा जनताको निशुल्क उपचार भन्छौं तर गरिव व्यक्ति तथा विरामीहरु हस्पिटलको शैया बाट उपचार गर्न नसकेर घरमै बस्न पर्ने अवस्था आएको छ ।’ उनले भने ‘सुर्तिन्य पदार्थमा कर बढाएर त्यसबाट उठाएको अर्वाैँ रुपैयाँ रकम विपन्न बेवारिसे गरिवलाई सहयोग गर्ने भनेर कार्य  योजना ल्याएको तर यसमा विभिन्न खालको चलखेल भएको कारणले गर्दा हुनुपर्ने जति वृद्धि भएको छैन ।’

मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्यको लागि सरकार प्रतिवद्ध रहेको बताए । यो क्षेत्रमा वेथिती र विसंगती पनि भएसंगै त्यसको समाधान गर्न आफूहरु लागि परेको उनको भनाई छ । 

Logo