नेपालमा सुरक्षित ड्राइभिङ संस्कृतिको निर्माण गर्न आवश्यक छः सांसद खनाल

नेपालमा सुरक्षित ड्राइभिङ संस्कृतिको निर्माण गर्न आवश्यक छः सांसद खनाल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालको लाइसेन्स प्रणाली र सुरक्षित ड्राईभिङ्को संस्कृति निमार्णका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
 
बिहीवार प्रतिनिधि सभा बैठकमा सांसद खनालले नेपालमा प्रति १ लाख गाडीमा नेपालमा ४ सय जना र बेलायतमा ६ जनाको मृत्यु हुने अध्ययनले देखाएको भन्दै नेपालमा सुरक्षित ड्राईभिङ्को संस्कृति निमार्ण गर्नु आवश्यक भएको बताए।
 
उनले भने,‘प्रति १ लाख गाडीमा नेपालमा ४ सय जना र बेलायतमा ६ जनाको मृत्यु हुने एक अध्ययनले देखाउछ। गत वर्ष भएका २४ हजारभन्दा बढी दुर्घटनामा ९० प्रतिशत चालकको कमजोरीले भएको तथ्याङ्क छ। यसले चालक लाइसेन्सको प्रणाली र सुरक्षित ड्राईभिङ्को संस्कृति निमार्णमा धेरै काम गर्नुपर्ने देखिन्छ। यसका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु।’ 

नेपालमा सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या एक दशकमा १९ हजारभन्दा बढी पुगेको भन्दै यो संख्या १० वर्ष शस्त्र द्वन्द्वमा ज्यान गुमाउने भन्दा पनि बढी भएको उनको भनाइ थियो। 

Logo