भ्रष्टाचारी उम्काउन कालोकोटधारीहरु टुप्पीदेखिको बल लगाइरहेका छन् -चित्रबहादुर केसी

भ्रष्टाचारी उम्काउन कालोकोटधारीहरु टुप्पीदेखिको बल लगाइरहेका छन् -चित्रबहादुर केसी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले भ्रष्टाचारीलाई जाेगाउन कानुन व्यवसायी लागिपरेको आरोप लगाएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने भ्रष्टाचारीहरुलाई बचाउनका लागि १२० जना कालोकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाएर भ्रष्टाचारी उम्काउन खोजेको आरोप लगाएका हुन् ।  

‘नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने भ्रष्टाचारीहरुलाई बचाउनका लागि १२० जना कालोकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाएर भ्रष्टाचारी उम्काउने षड्यन्त्र गरिरहेका छन्,’ उनले भने, ‘कतिसम्म तर्क आएका छन् भने गृहमन्त्रीले प्रहरीलाई अपाएकमा सरुवा गरेका कारणले प्रहरीले यो झुटो मुद्दा लगाएको भनेर, यस किसिमले दिनलाई रात बनाउने जुन षड्यन्त्र भइराखेको छ ।’ 

यसअघि पनि ठूल्ठूला भ्रष्टाचारीहरुलाई सरकारले जोगाउने गरेको आरोप लगाउँदै सांसद केसीले पैसाकै लागि भ्रष्टाचारीलाई उम्काउन कालोकोटधारीले दुष्साहस र षड्यन्त्र गरिरहेको बताए । 

Logo