पूर्वी पहाडमा वर्षाका कारण भएको ठूलो क्षतिप्रति सरकारको तत्काल ध्यान जाओस्ः सांसद खड्का

पूर्वी पहाडमा वर्षाका कारण भएको ठूलो क्षतिप्रति सरकारको तत्काल ध्यान जाओस्ः सांसद खड्का

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद दीपक खड्काले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ्, पाँचथर लगायत पूर्वी पहाडमा वर्षाका कारण भएको धनजनको क्षतिप्रति नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।
 
आइतबार प्रतिनिधि सभा बैठकमासरकारको ध्यानाकर्षण गराउँदै सांसद खड्काले सुपर हेवामा काम गर्ने मजदुरहरु १६ जना वेपत्ता भएको ३ जना घाईते, १ जना मृत फेला परेको बताए। 

उनले बाढीका कारण खर्बौको क्षति भएको र ११ वटा घरहरु विस्थापित भएको जानकारी गराउँदै यसप्रति नेपाल सरकारले छिटोभन्दा छिटो उद्दारका लागि काम गर्नु पर्ने बताए। 

उनले भने,‘संखुवासभा, तेह्रथुम, ताप्लेजुङ्,पाँचथर लगायत पूर्वी पहाडमा गएराति वर्षाका कारण धनजनको ठूलो क्षति भएको छ । खास गरेर संखुवासभामा सुपर हेवामा काम गर्ने मजदुरहरु १६ जना वेपत्ता भएको ३ जना घाईते फेला परेको र १ जना मृत फेला परेको अवस्था छ। थुप्रै हाईड्रोपावरहरु पूर्ण रुपले क्षति हुँदादुई वटा पक्की पुल र एउटा झोलुङ्गे पुल बगाएको छ। खर्बौको क्षति भएको छ, ११ वटा घरहरु विस्थापित भएको छ। यस्तो क्षेत्रमा नेपाल सरकारले तत्काल उद्धार, राहात र सहयोग पुर्‍याउन निवेदन गरेका छौँ। छिटोभन्दा छिटो राहत र उद्धार पुराउन आग्रह गर्न चाहन्छु। यसप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

Logo