दिगो विकास तथा सुशासन समितिका सचिव डा. रोजनाथ पाण्डेले दिगो विकासको लक्ष्य कार्यान्वयन गर्ने सन्दर्भमा सबै क्षेत्रमा छलफल चलाएर देशव्यापीरुपमा अध्ययन गर्ने काम भइरहेको बताएका छन् ।
राष्ट्रिय सभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिको सोमबार बसेको बैठकमा समितिका सचिव पाण्डेले विगत ७ वर्षदेखि नेपाल सरकारले संयुक्त राष्ट्रसंघ संघयूएनले घोषणा गरेको दिगो विकासको लक्ष्य कार्यान्वयन गर्ने सन्दर्भमा भएको कामबारे अध्ययन चलिरहेको बताएका हुन् ।
उनले भने, ‘सात वर्षमा गरेका काम कारवाहीहरुको मूल्याङ्कन गर्ने र त्यसमा भएको कमि कमजोरीहरुको सन्दर्भमा छलफल चलाएर देशव्यापी रुपमा प्रदेश स्तरीय, स्थानीय तहबाट समेत सुझावहरु संकलन गर्ने, प्रतिवेदन राष्ट्रिय सभामा पेश गर्ने उद्देश्यबाट अध्ययन चलिरहेको छ ।’
सचिव पाण्डेले दिगो विकास लक्ष्यको विगत ७ वर्षको कार्यान्वयन अवस्थाको मूल्यांकन गर्नु यसको मूल उद्देश्य रहेको उल्लेख गर्दै यसका लक्ष्यहरुको संघ, प्रदेश र स्थानीय स्तरबाट प्राप्त नतिजाको विश्लेषण गर्नु दोस्रो उद्देश्य रहेको बताए ।
यस्तै दिगो विकास लक्ष्यमा आएको समस्या, चुनौतीहरुको पहिचान गर्ने र प्रतिवेदनमा उल्लेख गर्ने तेस्रो उद्देश्य रहेको पनि सचिव पाण्डेले बताए । उनले भने, ‘समस्या समाधानका लागि आवश्यक सुधार र समाधानको आवश्यक सुझाव संकलन गरी प्रभावकारी कार्यान्वयन गर्ने, २०३० सम्म सम्पन्न गर्नुपर्ने कार्ययोजनासहितप्रतिवेदन प्रस्तुत गर्ने, यही उद्देश्यको लागि हामी विभिन्न चरणका कार्यक्रमहरु गरिरहेका छौँ ।’





























प्रतिक्रिया