जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई पुरानै अवस्था फर्काउने गरी सुरु भएको षड्यन्त्रलाई असफल पार्न आवश्यक भएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको घोषणा कार्यक्रममा अध्यक्ष यादवले संघीयता, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षतालाई बलियो बनाउन आवश्यक भएको बताएका हुन् ।
‘जनताले अझै पनि आएको परिवर्तनहरुलाई अनुभव गर्न पाएका छैनन् र राजनीतिक रुपमा कर्णालीलाई हामीले बदल्यौं । शासन प्रणाली बदलिए पनि शैली र मानसिकता अहिले सम्म पुरानै छन् ।’ उनले भने, ‘त्यसैले हाम्रो मोर्चाको भुमिका भनेको प्राप्त संघीय लोकतन्त्र गणतन्त्रलाई संस्थागत गर्ने ,संघीयता गणतन्त्र समावेशिता धर्म निरपेक्षता, मौलिक हक र नागरिक स्वतन्त्रता जस्ता हामीले प्राप्त गरेका उपलब्धिहरुलाई बिभिन्न क्षेत्रबाट प्रतिगमनकारी शक्तिहरु र तिनका मतियारहरुबाट धरापमा पार्ने, समाप्त पार्ने र पुरानै तर्फ फर्काउने प्रयास भईरहेको छ । त्यसलाई असफल पार्न आवश्यक छ ।’





























प्रतिक्रिया