राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठनको १ वर्ष पूरा भएको छ । पुरानो दलप्रतिको वितृष्णा, आमजनताको आशा र भरोसा लिएर उदाएको एक वर्ष नपुग्दै संसदमा चौथो ठूलो दल बन्न पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला राजनीतिको चर्चामा छ ।
प्रतिनिधिसभामा २१ जना सांसद पुगेको भएको रास्वपा सफल देखिए पनि पार्टी जनअपेक्षा अनुसारको भूमिकामा प्रभावकारी हुन नसकेको धेरैले टिप्पणी गरेका छन् । आन्दोलन र विद्रोहको उतारचढावबाट मात्रै पार्टी स्थापित हुने राजनीतिक परम्परालाई तोडेदै राष्ट्रिय स्वतन्त्र पार्टीको उदय रहस्यमय भएको छ । छोटो समयमा नै चर्चाको शिखरमा पुग्न सफल भएको रास्वपाले जमेको नेपाली राजनीतिकोे पोखरीलाईसमेत तरंगित बनाइदिएको छ।
आन्दोलन र विद्रोहको उतारचढावबाट मात्रै पार्टी स्थापित हुने राजनीतिक परम्परालाई तोडेदै राष्ट्रिय स्वतन्त्र पार्टीको उदय रहस्यमय भएको छ ।
रास्वपाले जन्मिएको ५ महिनामा नै शान्त विद्रोह मार्फत संसददेखि ठुला भनिएकाविभिन्न दलहरुमाझ चुनौतीका अनेकौ पर्खाल खडा गरिदिएको छ । पार्टी स्थापनाका लागि ठूलो विद्रोह झेल्नुपर्ने इतिहास रहेको नेपाली राजनीतिमा रास्वपाको एक वर्षे समय असाध्यै छोटो हो । तर, यही छोटो समयमा रास्वपाले सफलता मात्र होइन, अपत्यारिलो रुपले बदनामी पनि भोगेको छ ।
पार्टी सभापति रवि लामिछाने नागरिकता, राहदानी लगायतको विवादमा मुछिदा पार्टीले बदनामी कमाएको थियो । त्यस्तै पार्टींका सांसद करोडौं रुपैयाँको मोलमोलाइमा लागेर पद नै गुमाउनुपरेको घटना यहि एक वर्षकै बीचमा भएको छ ।
अर्कोतर्फ पार्टी सरकारमा जाने या बाहिरिने कुरामा देखाएको अपरिपक्क निर्णयले पनि पार्टी आलोचित बन्न पुगेको थियो । आम जनताको आशा र भरोसा लिएर उदाएको रास्वपाले सदन, सरकार र प्रतिपक्षको भूमिका निभाइ सकेको भएता पनि अपेक्षाकृत कार्यहरु धेरै गर्न सकेको छैन ।
नागरिकता विवादमा पार्टी सभापतिमात्र हैन उपप्रधानसहित गृहमन्त्री पद गुमाएका रवि अघिल्लो निर्वाचनमा भन्दा बढी मत ल्याएर उपनिर्वाचनमा विजयी हुनुले पनि रास्वपाको लोकप्रियता मापन गर्छ ।
नागरिकता विवादमा पार्टी सभापतिमात्र हैन उपप्रधानसहित गृहमन्त्री पद गुमाएका रवि अघिल्लो निर्वाचनमा भन्दा बढी मत ल्याएर उपनिर्वाचनमा विजयी हुनुले पनि रास्वपाको लोकप्रियता मापन गर्छ । रास्वपा सफल देखिए पनि पार्टी जनअपेक्षा अनुसारको भूमिकामा प्रभावकारी हुन नसकेको धेरैको बुझाई छ । ठूला भनिएका दलहरुलाई चुनौति दिदै छोटो समयमा लोभ लाग्दो सफलता पाएता पनि अगामी दिनमाराष्ट्रिय स्वतन्त्र पार्टीस्वतन्त्र रुपमा कहाँसम्म लम्किएका भन्ने शंका सबैको मनमा उब्जिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला मिसन ८४ मा जुटेको छ । जहाँ संगठन विस्तारलाई प्राथमिकतामा राखेर पार्टीले काम गरिरहेको छ । १ सय ६५ प्रतिनिधिसभा क्षेत्रमा १ सय ५४ मा पार्टीले कमिटि गठन गरेको छ भने यहि एक बर्षकै अन्तरालमा १ लाख ८५ हजारको हाराहारीमा सदस्य बनाउनसमेत सफल भएको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी धुम्बाराहीमा रहेको पार्टी कार्यालय सानो भएको भन्दै यहीँवर्ष सुविधा सम्पन्न बंग्लोमा सर्दैछ । त्यसका लागि बालाजुमा ६ तले सुविधासम्पन्न भवन तयार भएको छ ।





























प्रतिक्रिया