सरकारले बजेट नसच्याए पास हुन दिदैनौँः उपेन्द्र यादव

सरकारले बजेट नसच्याए पास हुन दिदैनौँः उपेन्द्र यादव

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यथास्थितिमा बजेट पास हुन नदिने बताएका छन्। बिहीबार पत्रकार सम्मेलनमा उनले आफ्नै गठबन्धन सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि पोख्दै बजेट नसच्याए पास नहुने स्पस्ट पारेका हुन्। 

गठबन्धन सरकारले ल्याएको बजेटले मधेश प्रदेशका धेरै क्षेत्रलाई उपेक्षा गरेको उनको टिप्पणी छ।‘सरकारले गठबन्धनमा रहेका दलहरुसँग छलफल नै नगरि बजेट ल्याएको छ,त्यसले पुरै मधेश लगायतका धेरै क्षेत्रलाई उपेक्षा गरेको छ।  यसलाई सच्याउनु र सुधार गर्नुपर्छ भन्दै आएका छौँ। यथास्थितिमा यो बजेट पास हुन कठिन छ।’उनले भने। 

बजेटबारे अर्थमन्त्री र प्रधानमन्त्रीलाई भेटेरै सच्याउनुपर्ने जानकारी गराएको र सोबारे दुबै सकारात्मक रहेको बताएका यादवले बजेट सच्चाएपछि मात्रै पास हुने विश्वास व्यक्त गरे। 

Logo