गृहमन्त्री श्रेष्ठ चीन जाँदै, ४ दिनपछि फर्कने

गृहमन्त्री श्रेष्ठ चीन जाँदै, ४ दिनपछि फर्कने

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा निस्कने भएका छन्। आगामी मंगलबार चार दिने भ्रमणको क्रममा उनी चीन जान लागेका हुन्। श्रेष्ठको सचिवालयका अनुसार ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जान लागेका हुन्। 

चीनको छेन्दुमा हुने एक व्यापार मेलामा बिशेष अतिथिको रुपमा सहभागी हुनका लागि उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन्। उनको टोलीमा गृह मन्त्रालयका सहसचिवसहितको प्रतिनिधित्व रहने जनाइएको छ।

उपप्रधानमन्त्री श्रेष्ठ ४ दिन छेन्दु मा नै रहने, सो क्रममा त्यहाँको विश्वविद्यालयको अवलोकन तथा भ्रमण गर्नेलगायतको कार्यक्रम रहेको छ। उनी शुक्रबार स्वदेश फर्कने छन्। 

Logo