सांसद कार्कीको रोषः उपराष्ट्रपतिको काम के हो र खर्च किन बढी दिने ?

सांसद कार्कीको रोषः उपराष्ट्रपतिको काम के हो र खर्च किन बढी दिने ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले उपराष्ट्रपतिलाई दिँदै आएको खर्च अस्वभाविक भएको बताएकी छिन् । 

आईतवार प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले देशको आर्थिक स्थिति कमजोर भएको बेला उपराष्ट्रपतिलाई धेरै खर्च दिन आवश्यक नभएको भन्दै यस्को बोझ नेपालले बोक्न नसक्ने बताएकी हुन् । उनले भनिन्, 'अनुदानहरु पनि कम आईराखेको छ । राजस्व पनि कम उठिरहेको छ । कर्मचारीहरुले तलब खान नपाउने स्थिति छ । हामीले यस्तो बोझ बोक्न सक्दैनौं । अनुदान, राजस्व कम आईराखेको छ । कर्मचारीहरुले तलब खान नपाउने स्थिति छ । यस्तो स्थितिमा उपराष्ट्रपतिलाई हामीले यत्रो विधि खर्च गर्नु आवश्यक छैन ।' 

सांसद कार्कीले उपराष्ट्रपति महिला हुन पर्ने ठाउँमा संविधानको वा शष्दले पुरुष बनाएको भन्दै चर्को असन्तुष्टि समेत पोखिन् । उनले भनिन्, 'उपराष्ट्रपति महिला हुनपर्ने ठाउँमा संविधानको वा भन्ने शष्दले पुरुष बनाई दियो । यो पनि एउटा विडम्वना नै हो । हाम्रो लागि खास गरी महिलाहरुको लागि ।'

त्यस्तै, सांसद कार्कीले उपराष्ट्रपतिको भुमिका कार्यक्रम उद्दघाटन गर्ने, रिवन काट्ने र देवताको दर्शन गर्ने बाहेक केही नभएको बताइन् । उनले भनिन्, 'उपराष्ट्रपतिलाई सल्लाहकार, बजेट प्रशस्त चाहिने ? त्यो बजेट के को लागि ? उपराष्ट्रपतिको भुमिका के हो ? उहाँले यो देशको लागि के गनुपर्छ । खाली रिवन काट्ने र केही कार्यक्रमहरुमा उद्दघाटन गर्ने र कहिले काही देवताको र्दशन गर्न जाने त्यो बाहेक उहाँको भुमिका नै केही छैन । उपराष्ट्रपतिलाई दिँदै आएको खर्च कटौती गरेर लम्पी स्किन पीडित किसानलाई अनुदान दिऔं ।'

Logo