पर्यटन विश्वविद्यालयको स्थापनाका लागि समिति गठन गरेका छाैँः मन्त्री किराती

पर्यटन विश्वविद्यालयको स्थापनाका लागि समिति गठन गरेका छाैँः मन्त्री किराती

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमा एभिएसन सम्बन्धि दक्ष जनशक्ति उत्पादन गर्न पर्यटन विश्वविद्यालय स्थापनाको काम अघि बढेको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८० माथिको मन्त्रालयगत विषयमा सांसदहरुले राखेको प्रश्नको जवाफमा उनले पर्यटनको विकास र प्रवद्र्धनको लागि नेपालमा पर्यटकीय विश्वविद्यालय स्थापना गर्न समिति गठन गरेको बताए। 

नेपाल पर्यटन तथा होटल व्यवसाय प्रतिष्ठान र नेपाल पर्वतीय प्रतिष्ठनलाई एकीकरण गरेर पर्यटकीय विश्वविद्यालय स्थापनाको तयारी गर्न लागेको उल्लेख गरे।
 
उनले भने ‘होटल व्यवसाय प्रतिष्ठान र नेपाल पर्वतीय प्रतिष्ठनालाई एकिकरण गर्ने प्रस्ताव बजेटमा गरिको छ। यी दुई संस्थालाई एकीकरण गर्दै पर्यटकीय विश्वविद्यालय स्थापनाको लागि  तयारी गर्न समिति गठन भइसकेको छ।’ 

उनले पर्यटन विश्वविद्यालयको स्थापना पछि आवश्यकताको आधारमा प्रादेशिक रुपमा अन्य कलेज स्थापना गर्ने जिकिर पनि गरे। 

Logo