चुनावलाई प्रभावित पार्न जिल्ला निर्वाचन खारेज गर्ने निर्णय गरियोः सांसद गिरी

चुनावलाई प्रभावित पार्न जिल्ला निर्वाचन खारेज गर्ने निर्णय गरियोः सांसद गिरी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय आगामी चुनावलाई प्रभावित पार्ने उद्देश्यले भएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक गिरीले २०८४ सालमा हुने निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय भएको दाबी गरे । यसबारे प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने उनको भनाइ छ ।

बैठक सुरु भएलगत्तै जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध एमाले र रास्वपाका सांसदहरुले विरोध जनाएका थिए । उनीहरुले उठेर विरोध जनाउँदै उक्त निर्णय फिर्ता लिनुपर्ने र यसबारे सरकारबाट जवाफ नआउँदासम्म सदन चल्न नसक्ने अडान लिएका छन् । 

Logo