आर्थिक विधेयक २०८० विधेयक बहुमतले स्वीकृत

आर्थिक विधेयक २०८० विधेयक बहुमतले स्वीकृत

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भन्ने विधेयक बहुमतले स्वीकृत भएको छ । बुधवार बसेको प्रतिनिधि सभाको बैठकले अर्थमन्त्रीद्वारा प्रस्तुत प्रस्ताव स्वीकृत गरेको हो ।

एमाले सचेतक महेश वर्तौलाले गणपुरक संख्या नपुगेको भन्दै ध्यानाकर्षण गराएपछि सांसद संख्या एकीन गरी विधेयक निर्णयार्थ प्रस्तुत गरिएको थियो । त्यसअघि विधेयकमा सामान्य छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले  छिमेकी देशमा भन्दा नेपालमा सुर्तिजन्य पदार्थमा कर बढी रहेको दाबी गरेका छन्। 

आर्थिक विधेयक २०८० माथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले नेपालमा सुर्तिजन्य पदार्थमा विश्वव्यापि रुपमा बढी नै कर लगाइएको जिकिर गरे । 

‘सुर्तिजन्य पदार्थमा कर अत्याधिक छ । हामी सकै सहमत हौं चुरोट नै व्याण्ड गर्ने भनेर एउटा सहमती गरौं । त्यसमा केही समस्या छैन तर यो रहेसम्म हाम्रो कर छिमेकी देशहरु भन्दा निकै नै माथि र वल्र्ड वाईड माथि रहेको छ ।’ उनले भने, ‘गरीबले चडेको ३५—४० लाखको गाडी चडेपछि त अमेरिका लाई नै जित्ने भयौं । त्यति धनी भइसकेछौं ।’

Logo