नयाँ लेन्डुपहरुलाई सामाजिक बहिस्कार गरौँः समिक बडाल

नयाँ लेन्डुपहरुलाई सामाजिक बहिस्कार गरौँः समिक बडाल

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गैरजिम्मेवार अभिब्यक्तिलाई लिएर अहिले सर्वत्र आलोचना भइरहेको छ।  ‘प्रधानमन्त्री नपाए दिल्ली जानु’ भन्ने आशयको अभिब्यक्ति दिएर सर्वत्र आलोचनाको शिकार भइरहेका प्रधानमन्त्री दाहालको अभिब्यक्तिमाथी आक्रोश पोख्ने क्रम जारी छ। 

सोही क्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएका छन्। ‘नयां लेन्डुपहरु बनाउने भारतिय सस्थापनको हण्डी खाएर भारतिय भूमिमा बसेर नेपाली जनता को रगत बगाउने शसस्त्र युद्दको डिजाइनरको पर्दाफास हुँदैछ,’ बडालले भनेका छन्, ‘जनताले चिन्न ढिला नगरौँ, एस्ता लेन्डुपहरुलाइ सामाजिक बहिस्कार गरौँ।’

Logo