राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गरेको छ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले अर्थमन्त्री डा.प्रकाशशरण महतले राखेको राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो।
पारित गर्नुअघि सो विधेयकमाथि दफावार छलफल भएको थियो। पारितसँगै सो विधेयकलाई प्रतिनिधिसभामा फिर्ता पठाइएको छ।





























प्रतिक्रिया