देशमा झुट बोल्ने र अर्कालाई पिडा दिँदा आनन्द लिने प्रवृत्ति बढ्याेः अध्यक्ष ओली

देशमा झुट बोल्ने र अर्कालाई पिडा दिँदा आनन्द लिने प्रवृत्ति बढ्याेः अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भानुभक्तले नेपाली जनताको भाषिक एकतामा अविष्मरणीय योगदान पुर्याएको बताएका छन् । 

महिला, वातावरण र संस्कृति चित्रकला प्रदर्शनीका कलाकारहरुलाई धन्यवाद ज्ञापन एवम् भानुजयन्ती विशेष कार्यक्रममा अध्यक्ष ओलीले भानुभक्तले समाजलाई लगाएको गुन स्मरण योग्य भएको बताएका हुन् । भानुभक्तले नेपाली समाजलाई थितिमा, मूल्यमा, नैतिकतामा बाँध्नका लागि प्रयास गरेको देखिएको उनको भनाइ थियो । 

उनले भने, ‘असत्यको बाटो आवलम्बन गर्न पाउँदा गौरव गर्ने, देशमा झुट बोल्न पाउँदा, अर्कालाई पिडा दिन पाउँदा आनन्द लिने प्रवृत्ति बढेको छ । यस्तो परपीडक प्रवृत्तिभन्दा कसैलाई पीडा नदिने खालको प्रवृत्ति नै ठीक हुन्छ । त्यसकारण अरुलाई दुःख दिनुभन्दा भक्तिरस दिएर नेपाली जनतालाई एउटा भाषिक एकतामा ल्याएर ठूलो एकीकरणलाई नै योगदान पु-याएका छन् ।’ 

आमनेपालीलाई एउटै भाषामा बाँधेर भाषिक एकता ल्याउनु चानचुने योगदान नभएको उल्लेख गर्दै अध्यक्ष ओलीले नेपाली जाति र भाषाका लागि भानुभक्त सम्झिरहने नायक बनेको बताए । उनले भने, ‘भानुभक्तले नेपाली भाषामा रामायण अनुवाद गरेर र रामायण लेखेर महाकाव्यको अनुवाद गर्नु भानुभक्त आचार्यले उक्त अनुवादबाट नेपाली समाजलाई असाधरण हिसाबले भाषिक एकतामा आवद्ध गरेर र नेपाली भाषामा भक्ति रसका कृतिबाट सांस्कृतिक उत्थानका लागि मद्दत पु-यायो । ’ 

अध्यक्ष ओलीले भानुभक्तका रचनाहरुमा समाज परिवर्तनका अग्रगामी सन्देशहरु त्यति नपाइने तर यथास्थितिका तथ्यहरु पाइने चर्चा पनि गरे ।

Logo