सैतानी ब्याजको पासोमा जनतालाई हालेर संसद चल्न सक्दैनः रवि लामिछाने

सैतानी ब्याजको पासोमा जनतालाई हालेर संसद चल्न सक्दैनः रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले मिटर ब्याजसम्बन्धी अध्यादेश किन नआएको भन्दै प्रश्न उठाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद लामिछानेले कसकाे कारणले विधेयक रोकिएको हो भन्ने प्रश्न समेत उठाएका छन् ।

उनले भने, ‘कार्यसूचीमा रहेको मिटरब्याज अध्यादेश किन आएन ? मिटरव्याज पीडितहरुको विषय आज किन आएन ? कसका कारणले रोकियो ? राष्ट्रिय स्वतन्त्र पार्टी मिटर व्याजबाट पीडितको पक्षमा छ । र सरकारलाई यो विद्येयक यथाशीघ्र सदनमा ल्याउनको लागि आग्रह गर्न चाहन्छ । यसलाई फास्ट ट्रयाकमा ल्याएर प्रतिस्थापन विद्येयकमार्फत १५ दिनभित्र सम्पन्न गर्न सकिन्छ भन्ने कुराको प्रतिवद्धता हामीले व्यक्त गरेका थियौं तर कसको स्वार्थ र कारणले मिटरव्याजी नागरिकको पक्षमा रहेको यो संसदमा ल्याइएन ?’ 

सांसद लामिछानेले नेपालीजनतालाई रुवाएर, मिटरव्याजको पीडित बनाएर, सैतानी व्याजको पासोमा जनतालाई हालेर अनि त्यसवारे मौन बसेर संसद नचल्ने पनि प्रष्ट पारे । 

Logo