लम्पी स्किनकाे अवस्था विकराल बन्दा पनि सरकार उदासिन बनेको एमालेको आरोप

लम्पी स्किनकाे अवस्था विकराल बन्दा पनि सरकार उदासिन बनेको एमालेको आरोप


नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले लम्पी स्किन रोगले पशु चौपायामा विकराल रुप लिंदा पनि सरकार उदासिन बनेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै प्रमुख सचेतक गिरीले लम्पी स्किनबारे सरकार गम्भीर नबने किसान र देशले ठूलो क्षति भोग्नु पर्ने बताए । 

उनले भने, ‘लम्पी स्किनले ४ महिनाको अवधिमा ८ लाखभन्दा बढी पशु चौपायाहरु संक्रमित भएका छन् । सरकारले यसलाई जसरी गम्भीरताको साथ लिनुपर्ने हो, तदारुकता देखाउनुपथ्र्यो, खोपहरु जसरी प्रभावकारी ढंगबाट दिनुपथ्र्याे । सरकारले यसमा उदासिनता देखाएको कारणले ३७ अरव भन्दा बढीको क्षति व्यहोर्नुपर्ने अवस्था आएको छ, सरकारले समयमा सजकता देखाएको भए यति ठूलो क्षति व्यहोर्नुपर्ने थिएन । विज्ञहरुले भनिरहेका छन् यहि अवस्था रहने हो भने २५ लाख पशु चौपाया संक्रमित हुनेछन् । १ लाखभन्दा बढी पशु चौपाया मर्ने अवस्था आउने छ। सरकारले गाउँमा जुन प्रकारले प्राविधिक पठाउनुपथ्र्यो पठाएको छैन ।’ 

Logo