अनुसन्धानमा हस्तक्षेप गर्दैनौँः गृहमन्त्री श्रेष्ठ

अनुसन्धानमा हस्तक्षेप गर्दैनौँः गृहमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

 उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कनै पनि अनुसन्धानमा सरकारको हस्तक्षेप नभएको बताएका छन्।तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढेको बताउँदै उनले यसमा प्रहरीलाई कुनै दबाब नदिएको बताएका हुन्।

चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै श्रेष्ठले भने,‘हामीले प्रहरीलाई फलानालाई ल्याउनु फलानालाई नल्याउनु भनेका छैनौं। हामी त्यस्तो कुरा गर्दैनौं। निर्दोष फस्ने र दोषी उम्किने हुँदैन। तपाईंहरू काम गर्नुस् भनेका छौं । प्रहरीले त्यसैगरी कम गरिरहेको छ।’

Logo