नेतृत्वलाई प्रकाशमान सिंहले भने- बहुमत छ भन्दैमा विधि र नियम मिच्नुभएन

नेतृत्वलाई प्रकाशमान सिंहले भने- बहुमत छ भन्दैमा विधि र नियम मिच्नुभएन

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो बहुमत छ भनेर नियम मिच्न नहुने बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित कांग्रेस प्रदेश १ (ख) र काठमाडौं वडा नम्बर ३१ को संयुक्त सम्मेलनमा नेता सिंहले नियम मिच्दा पार्टी भित्रको प्रजातान्त्रिक आचरणमा असर पर्ने बताएका हुन् । उनले आफू यस्तो प्रवृतिविरुद्ध अभियान चलाएर आएको मान्छे भएको र त्यस्तो कार्यलाई नियन्त्रण गर्नुपर्ने बताए । 

उनले भने, ‘वर्किङ कमिटीमा आफ्नो बहुमत छ भन्दैमा विधि र नियम मिच्नुभएन भन्ने कुरालाई अभियानको रुपमा चलाएको मान्छे हो म ।’  

नेता सिंहले पार्टीलाई व्यवस्थित गरेर विधि नियमअनुसार लानुपर्ने बताएका छन् । समयलाई बुझेर चुनौतीको सामना गर्नु पर्ने उनको भनाइ छ । उनले भने, ‘यो बेकारको अस्वस्थ्य प्रतिस्पर्धा एकआपसमा नगरौं है । सबैले काम गर्दै जाऔं । अब अवसर पाउनको लागि धेरै फ्याक्टरहरु मिल्नपर्ने हुन्छ । ईच्छा गर्नु आफ्नो अधिकारको कुरा हो तर आफूले चाहेको कुरा  प्राप्त भएन भने बाटो नै विराउने गरेर पार्टीको गतिविधि अगाडि बढ्दैन भन्ने हेक्का राख्नुपर्छ ।’ 

नेता सिंहले राजनीतिमा धैर्य पनि हुनुपर्ने बताए। व्यक्तिगत पहिचानभन्दा पनि पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने उनको भनाइ छ । उनले विरोधीहरुको भएन भन्ने नारालाई टिपेर पार्टी कमजोर भयो भनेर हिँड्न नहुने बताए । 

Skip This
Skip This
Logo