भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजना, रुपान्तरणकारी योजना र अन्य महत्वपूर्ण योजनाहरुलाई युद्धस्तरमा काम गर्न निर्देशन दिएका छन् ।
वर्षाै पहिले निर्माणका काम थालिएका योजनाहरु पटक पटक म्याद थप्दा पनि नसकिँदा नागरिकमा गलत संदेश गएको भन्दै मन्त्री ज्वालाले यो वा त्यो बहानामा निर्माण कार्य ढिला नगर्न निर्देशन दिएका हुन् ।
‘अन्धाधुन्ध काम गरेर मात्र हुँदैन, शक्तिशाली सिंहजस्तै दुई कदम अगाडी बढ्ने र एक पटक समिक्षा गर्ने नीति लिएर निर्माण कार्यमा लाग्न जरुरी छ’ मातहतका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री ज्वालाले भने ‘प्रत्येक चौमासिकमा योजनाहरुको अनिवार्य समिक्षा गर्ने चलन बसालौँ, त्यसले आयोजनामा आएका समस्याको पहिचान र समाधानको उपाय दिन्छ ।’
शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित आयोजनाको समिक्षा बैठकमा मन्त्री ज्वालाले नेपाली सेनाको ब्यवथापनमा निर्माणधिन काठमाडौं–तराई मधेश फास्ट ट्रयाकको काम सोचेअनुसार नभएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले भने ‘नेपाली सेनाबाट सडक निर्माणका क्षेत्रमा प्रसंसनीय कामहरु भइरहेका छन् तर फास्ट ट्रयाकको काम किन फास्टरुपमा हुन सकेन ।’
त्यस्तै, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले पूर्णरुपमा सन्तोषजनक नभएपनि अघिल्लो आर्थिक वर्ष भन्दा यो आर्थिक वर्षमा आयोजनाको प्रगति राम्रो रहेका बताए ।





























प्रतिक्रिया