आवेग कम गरेर विवेक प्रयोग गर्ने हो भने संसद भोलि नै चल्छः विश्वप्रकाश शर्मा

आवेग कम गरेर विवेक प्रयोग गर्ने हो भने संसद भोलि नै चल्छः विश्वप्रकाश शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली राजनीतिमा विवेकभन्दा आवेग हावि भएकोले समस्या भएको तर्क गरेका छन् ।

काठमाडौंमा नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा आयोजित महाकवि विद्यापतिकृत कथासङ्ग्रह पुरुष-परीक्षा पुस्तक सार्वजनिक कार्यक्रममा महामन्त्री शर्माले नेपाली राजनीतिमा विकेक भन्दा आवेग हावि भएको तर्क गरे । आवेग कम गरेर विवेक प्रयोग गर्ने हो भने भोलिदेखि नै संसद चल्ने उनको भनाई छ । 

‘विवेकलाई भन्दा आवेगलाई अलि बढि प्राथमिकता दिएका छौँ ।’ उनले भने, ‘राजनीतिको मंचमा पनि विवेकलाई अलिकति केन्द्रमा राखेर आवेगलाई अलिकति निषेधित गर्दिने हो भने यो देशको संसद भोली नै सुरु हुन सक्छ । संसद सुचारी हुन्छ । संसदमा हामी हामी राम्रोसंग बहस गर्न सक्छाैँ ।’ 

नेपालीहरुमा आफूलाई चाहिएको छ तर अरुले गरिदिउन भन्ने चाहनाले समस्या बढेको पनि उनले बताए । 

Skip This
Skip This
Logo