देश अहिले आतंककारी समूहले चलाएको जस्तो भयो -सांसद शर्मा

देश अहिले आतंककारी समूहले चलाएको जस्तो भयो -सांसद शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले देश अहिले आतंककारीहरुको समूहले चलाएको जस्तो महसुस भइरहेको बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै सांसद शर्माले प्रधानमन्त्री र गृहमन्त्रीको रबैया आतंककारी समूहको जस्तो भएको आरोप लगाएका हुन् । उनले भने, ‘अहिलेको प्रधानमन्त्री र गृहमन्त्रीको जुन रवैया छ, त्यो प्रजातान्त्रिक देशको प्रधानमन्त्री र गृहमन्त्रीको रुपमा नभएर एउटा आतंककारीहरुको समूहले चलाएको जस्तो गरी देश चलाएका छन् ।’ 

सांसद शर्माले आफूलाई गिरफ्तार गरेको शैली आतंककारीको जस्तो शैली भएको बताए । गृहमन्त्रीले जसरी पनि राजीनामा दिनै पर्ने उनको माग छ । यो सरकारकार पूर्ण रुपमा असफल भएको र  जनताको पक्षमा कुनै पनि काम गर्न नसकेको जिकिर पनि शर्माले गरे । 

उनले सरकारले जनताको न्यूनतम आवश्यकता समेत पूरा गर्न नसकेको बताए । 

Logo