काँग्रेसको पहिलो चरणको अभियान सकियो

काँग्रेसको पहिलो चरणको अभियान सकियो

केन्द्रबिन्दु
0
Shares

सत्तारूढ नेपाली काँग्रेसको संगठन सुदृढीकरणका लागि साउन २० गतेदेखि सुरु गरेको दशदिने अभियान सकिएको छ।

साउन २० देखि ३० गतेसम्म काँग्रेसले आन्तरिक संगठन सुदृढिकरणका लागि अभियान सञ्चालन गरेको हो। सभापति शेरबहादुर देउवाको १८ बुँदे निर्देशन बोकेर जिल्ला पुगेका केन्द्रीय प्रतिनिधिहरू काठमाडौँ फर्कन थालेका छन्। 

पार्टी संगठनको अवस्था, विधान अनुसार गठन हुनुपर्ने संरचना गठन भएन भएको एवम् स्थानीय सरकार र पार्टीबीचको सम्बन्धन जस्ता विषयमा सहजीकरण गर्नुका साथै केन्द्रमा प्रतिवेदन पेस गर्नेछन्। पार्टीका सबै तहका बैठक राख्नुका साथै भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरू छलफलपछि काँग्रेसले भदौ १० देखि २४ गतेसम्म दोस्रो चरणको राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

साउन १० गते सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी संगठन सञ्चालनकालागि एक वर्षे कार्यक्रम तयार गरेको छ। नयाँ पुस्तासँग जोडिने गरी कुनै अभियान सञ्चालन गर्न नसक्दा संगठन निरन्तर क्षयीकरण हुँदै गएको निष्कर्षमा पुगेको काँग्रेसले त्यसलाई जोगाउन पार्टीका दुई भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमा विधानको व्यवस्था बाहिर गएर ७ सय र ४ सयको केन्द्रीय समिति बनाएको छ। 

Logo