नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले नाङ्लो ठटाएर हात्ती तर्साउन खोजेको टिप्पणी गरेका छन् ।
पार्टी निकट उद्योग विभागले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक अवस्था समस्या र समाधान विषयक छलफल कार्यक्रममा अध्यक्ष ओलीले सांसद सुनिल शर्माको गिरफ्तारी नाङ्लो ठटाउने सरकारी प्रयास भएको दाबी गरेका हुन् ।
उनले भने, ‘एउटा सिटिङ एमपी त्यसमा पनि गठबन्धनको एमपीलाई समातेर दुनियाँलाई तर्साउन खोज्या होइन यो ? नाङ्लो ठटाएर हात्ती तर्साउने भन्छन् नी । यो नाङ्लो ठटाएको हो । सुनिल शर्माको गिरफ्तारी ।’
सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको अध्यक्ष ओलीको आरोप छ । ‘तर्सथ सरकार यस्तै छ । यो सरकार राम्रो काम केही गरिराखेकाे छैन ।’
दिनभरी ऋण खोजेर चुलो बाल्नेले उद्योग खोल्न नसक्ने भन्दै सरकारले मुलुकको आर्थिक अवस्था कमजोर बनाउँदै लगेको आरोप लगाए । सरकारले आर्थिक वर्षको सुरुदेखि नै आन्तरिक ऋण उठाउन थालेको भन्दै अलिपछि के गर्ला भन्दै चिन्ता व्यक्त गरे ।





























प्रतिक्रिया