काठमाडौं ।
सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पार्टीमा त्याग देखाएको तर प्रधानमन्त्री केपी शर्मा ओलीमा अहंकार पलाएका कारण पार्टी एकता संकटमा पर्न लागेको बताएका छन् ।
शुक्रबार प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटमा समस्या समाधानको प्रयास भएको तर सहमतिको पालना नभएकाले कुनै निष्कर्ष निस्कन नसकेको उनले बताए ।
प्रचण्डले एकता अघि नै आधा आधा अवधि सरकार चलाउने सहमति भएको सम्झाउँदै यसलाई आफूले त्याग गर्दा प्रधानमन्त्रीमा अहंकार पलाएकाले संकट उत्पन्न भएको बताएका हुन् ।
प्रचण्डले गल्ति जहाँबाट भयो त्यहिंबाट सच्याउन सके मात्र समस्या समाधान हुन सक्ने र पुरानो लिखित सहमतिमा फर्किनु पर्ने आफ्नो अडान रहेको दोहोर्याए ।





























प्रतिक्रिया