निरन्तरको अवरोध हटाएर संसद सञ्चालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका छन्।
आज मध्याह्न साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरुसँग सहभागी हुनेछन्। राष्ट्रिय मान्यता प्राप्त दलहरुसँग छलफलबाट निकास निकाल्न सहयोग पुग्ने प्रधानमन्त्री दाहालको विश्वास छ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान लिएका कारण संसद बैठक अवरुद्ध हुँदै आएको छ।





























प्रतिक्रिया