नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले धादिङ बस दुर्घटनामा घाईते भएकाहरुको उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद पौडेलले वर्षैपिच्छे हुने यस्ता दुर्घटनामा परेर २५ सयदेखि तीनहजार मानिसको मृत्यु हुने गरेको भन्दै दुर्घटनाहरु रोक्नका निम्ति राज्यको तर्फबाट प्राथमिकताका साथ उपायका खोज्नसमेत आग्रह गरे ।
उनले भने, 'वर्षैपिच्छे हुने यस्ता दुर्घटनामा परेर २५ सयदेखि तीन हजार मानिसको मृत्यु हुने गर्छ । गृहमन्त्री हुनुहुन्छ यस प्रकारका दुर्घटनाहरु रोक्नका निम्ति राज्यको तर्फबाट प्राथमिकताका साथ दुर्घटना रोक्ने उपायको खोजी गर्न आग्रह गर्न चाहन्छु । विभिन्न अस्पतालमा उपचारत घाईतेको उपचारको व्यवस्था र उद्दारको लागि पहल गर्न आग्रह गर्दछु ।'





























प्रतिक्रिया