उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा अनुसन्धान गम्भीरतापूर्वक भइरहेको बताएका छन् ।
बुधबार संसदबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग गृहमन्त्री श्रेष्ठले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गम्भीरतापूर्वक गरिरहेको भन्दै निष्कर्षमा पुग्ने बताएका हुन् । उनले भने, ‘सीआईबीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान नसकी बाहिर ल्याउने कुरा भएन । अनुसन्धान गम्भीरतापूर्वक भइरहेको छ । निष्कर्षमा पुग्छ ।’





























प्रतिक्रिया