गौरा पर्वलाई ‘राष्ट्रिय पर्व’ घोषणा गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

गौरा पर्वलाई ‘राष्ट्रिय पर्व’ घोषणा गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित गौरा पर्व २०८० विशेष कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री प्रचण्डले सुदुरपश्चिमका जनताको भावनालाई कदर गरेर मन्त्रिपरिषद्बाटै  गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने घोषणा गरेका हुन् । 

उनले भने, ‘गौरा पर्वको हिजो मात्र मन्त्रिपरिषद्को बैठकमा चलेको छ ।  हामीले यसलाई सकरात्मक मात्र होईन सुदुरपश्चिमका जनताको भावनालाई कदर गरेर जानुपर्छ भन्ने कुरामा प्रष्ट गरेका छौं । आजको यो मञ्चबाट गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने निर्णय लिएर मन्त्रिपरिषद्मा जाने घोषणा गर्छु ।’

यस पर्वमा सार्वजनिक बिदा घोषणा गर्ने प्रतिवद्धता जनाउँदै प्रधानमन्त्री प्रचण्डले भने,‘यो पर्वको दिन बिदाको निम्ती घोषणा गरिने विश्वास पनि दिलाउन चाहान्छु ।’ उनले सुदुरपश्चीम र कर्णालिका जनताको जीवनमा समृद्ध नआउँदासम्म नेपालमा कुनै समृद्धि हुन नसक्ने बताए  । 

Logo