सहरी विकासमन्त्री सिता गुरुङले अहिले सरकार संघीयतालाई बलियो बनाउने अभियानमा जुटेको बताएकी छिन् ।
आईतबार ललितपुरमा मुख्यमन्त्री कार्यालय भवन उद्घाटन कार्यक्रममा मन्त्री गुरुङले सरकार संघीयतालाई बलियो बनाउने अभियानमा लागेको भन्दै सोहीअनुसार सातवटै प्रदेशका प्रमुख र मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय समुद्घाटन गरेको बताएकी हुन् ।
उनले भनिन्,‘हामी संघीयतालाई बलियो बनाउने अभियानमा छौं । त्यहीअनुसार आजहामीले सातवटै प्रदेशको प्रदेश प्रमुख मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय समुद्घाटन गरिसकेको छौं । यसले संघीयतामा गईसकेपछि संघीय सरकारसँग गर्नुपर्ने काम प्रदेशबाट धाउन गाह्रो भयो भनेर छिटोभन्दा छिटो भवन तयार गरी सार्न सफल भयौं ।’
मन्त्री गुरुङले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय तथा आवासको बसाई संघीय लोकतान्त्रिक र गणतन्त्रलाई संस्थागत गर्न र जनतालाई सेवा सुविधा प्रभावकारी ढङ्गले गर्न आग्रह गरिन् ।





























प्रतिक्रिया