एमसीसी खारेज गर्न नमान्नेलाई जनताको माझमा नांगेझार पार्नुपर्छः ऋषि कट्टेल

एमसीसी खारेज गर्न नमान्नेलाई जनताको माझमा नांगेझार पार्नुपर्छः ऋषि कट्टेल

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको निर्णय गर्न नमान्नेलाई जनताको माझमा ल्याएर नांगेझार पार्नुपर्ने बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित एमसीसी कार्यान्वयनविरुद्धको वृहत अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष कट्टेलले अब केही नगरी यो रोकिन्छ भनेर बस्नु व्यर्थ हुने बताएका हुन् । 

उनले भने ‘यदि एमसीसी खारेज गर्ने निर्णय लिँदैनन् भने र यसलाई कार्यन्वयन गर्छन् भने तपाईले मञ्चबाट घोषणा गर्नुपर्छ यी राष्ट्रघाती हुन् । नामै काटेर भन्नु पर्छ एमसीसीका राष्ट्रघाती यी चारवटा हुन् । यीनलाई देशभरि जनताको माझमा नंग्याउनु पर्छ । अब त्यसै रोकिन्छ भनेर बस्न हुन्न ।’ 

अध्यक्ष कट्टेलले समाजवादी माेर्चामा आवद्ध प्रधानमन्त्री एमसीसी लागू गर्ने अपराधी रहेको आरोप पनि लगाए ।  

Logo