सरकार विधिको शासनमा पूर्ण प्रतिवद्ध छः प्रधानमन्त्री प्रचण्ड

सरकार विधिको शासनमा पूर्ण प्रतिवद्ध छः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विधिको शासनमा पूर्ण प्रतिवद्ध रहेको बताएका छन्।

मंगलबार बसेको प्रतिनीधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले समाजिक सद्भावमा खलबल पार्ने र एक अर्काको संस्कृति र धर्म विरुद्ध हुने दोष पूर्ण अभिव्यक्ती र कार्यलाई सरकारले कुनै हालतमा छुट दिन नसक्ने बताएका हुन्। 

सांसद ईश्वरी देवि न्यौपानले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने,‘सरकार विधिको शासनमा पूर्ण प्रतिबद्ध रहेको स्पष्ट गर्दछु।’ उनले नेपालको राष्ट्रियता बलियो भएको बताएका छन्। सामाजिक सहअस्तित्वमा खलल पुर्याउने कुनै पनि कार्य हुन नदिन सरकार दृढ र स्पष्ट भएको उनको भनाई छ। 

Logo