उधारो सहमति मान्य हुँदैन भन्दै अनेरास्ववियूले जलायो सहमति पत्र

उधारो सहमति मान्य हुँदैन भन्दै अनेरास्ववियूले जलायो सहमति पत्र

केन्द्रबिन्दु
0
Shares

अनेरास्ववियूले बालुवाटारमा गरिएको उधारो सहमति मान्य हुदैन् भन्दै सहमति पत्र जलाएका छन्। बिहीबार सरकारी विद्यार्थी संगठनलाई बालुवाटार बोलाएर गरिएको उधारो सहमति नमान्ने भन्दै विरोध गरेका हुन्। 

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धिबारे बालुवाटारमा गरिएको उधारो सहमति मान्य नहुने उनिहरुको भनाई छ। 

‘शुल्क वृद्धि फिर्ता नभएसम्म आन्दोलन सरकारवादी संगठनलाई अनसनको नाटक मञ्चन गराएर बालुवाटारमा गरिएको उधारो सहमति अनेरास्ववियुलाई मान्य हुँदैन।’

यसअघि आजै सत्ता गठबन्धन आवद्ध विद्यार्थी संघहरुसँग सहमति भएको थियो। उनीहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसँग पाँचबुँदे सहमति गरेका हुन्।

Logo