पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले बुधबार प्रेस विज्ञप्ति जारी गरी सरकारले मङ्गलबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्।

‘कोरोना महामारीका बीच देशको आर्थिक अवस्था नाजुक बन्दै गएको वर्तमान अवस्थामा जनताको दुखी रहेको घाउमा मलहम लगाउनुको सट्टा नूनचुक छर्कने काम भएको छ’–अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोना महामारीको समयमा आकाशिएको मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई न्यून मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउनुको साटो मूल्यवृद्धिको नाममा रकम असुल्ने काम भएको भन्दै नेविसङ्घले घोर भत्र्सना समेत गरेको छ ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले सरकारले जनताप्रति निर्वाह गर्ने दायित्व भुलेको भन्दै यसको विरुद्धमा जनता सडकमा आउनुपर्ने स्थिति सिर्जना हुँदै गएको बताए । सरकारले जनतालाई पीडा दिने दिशातर्फ उन्मुख भए नेविसङ्घले कडा आन्दोलन गर्ने उनको भनाइ छ ।–रासस

Logo