जनताको आशा गठबन्धनले पस्कन सकेनः नेता खतिवडा

जनताको आशा गठबन्धनले पस्कन सकेनः नेता खतिवडा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले गठबन्धनको नेतृत्व गर्नेहरूले जुन प्रकारको आशा जनताबीच पस्कनुपर्ने हो त्यो गर्न नसकेको बताए ।

सोमबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा उनले कांग्रेसले जुन आशा जगाउनुपर्ने हो सरकारमा गएर पनि त्यो आशा जगाउन नसकेको अवस्था आएको बताएका हुन् । 

उनले भने, ‘केन्द्रीय कार्यसमितिको बैठकलाई बिरालो बानेर श्राद्ध गर्ने परम्परामा मात्र सीमित गर्नु हुँदैन । आज देशको अर्थतन्त्र निकै कमजोर छ । हामीले जुन आशा जगाउनुपर्ने हो, सरकारमा गएर पनि त्यो आशा जगाउन नसकेको अवस्था छ । नयाँ कार्य गरेर हामी अगाडि बढ्न सकेका छैनौं । गठबन्धनको नेतृत्व गर्नेहरूले जुन प्रकारको आशा जनताबीचमा पस्कनुपर्ने हो त्यो हुन सकेको छैन ।’

नेता खतिवडाले युवाहरू पलायन बढ्दै गएको र बाउआमाको लास पर्दा दुई दिन पर्खिनुपर्ने अवस्था देशमा सिर्जना भएको बताए । पार्टीकै नेताहरूलाई खुइल्याउन थाल्यो भने आफैं खुइलेको थाहा नहुने उनको भनाइ छ ।

Logo