गठबन्धनका परिवारहरुले शासनको निर्णय गरिरहेकाे छन् -अध्यक्ष ओली

गठबन्धनका परिवारहरुले शासनको निर्णय गरिरहेकाे छन् -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका परिवारका सदस्यहरुले शासनको निर्णय गरिरहेकाे आरोप लगाएका छन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले संविधान कानून र राज्य प्रणालिले नचिनेका विचौलिया र गठबन्धनका परिवारका सदस्यहरुले शासनको निर्णय गरिरहेकाे आरोप लगाएका हुन् । 

उनले भने, ‘इतिहासको कुन सरकारसंग यसलाई तुलना गर्ने । राजनीति र अपराधमा फरक देखिन छोड्यो । आर्थिक संकट एकातिर । शान्ति सुरक्षा विग्रदो अर्कातिर संविधान कानून र राज्य प्रणालिले नचिनेका विचौलिया र गठबन्धनका परिवारका सदस्यहरुले शासनको निर्णय गरिहरेका छन् । गठबन्धनका दलका लागि कोही संविधान कार्यान्वयन हुनुपर्ने होईन्, त्यस बाहिर मनपरी कार्यान्वयन भइराख्या छ ।’

Logo