नेपालगञ्जमा कर्फ्यूका कारण जमुनाहा नाका भएर यात्रा गर्ने करिब ८ सय यात्रु अलपत्र परेका छन्। नेपालगञ्जमा मंगलबार दिउँसो १ बजेदेखि लागेको कर्फ्यूका कारण भारतको विभिन्न ठाउँबाट आएका नेपालीहरू जमुनाहा नाकामै रोकिएका हुन्।
बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जमुनाहा नाकामा आठ सय जति मानिस आएको र उनीहरूलाई गाडी मगाएर पठाउने काम भइरहेको जानकारी दिए। प्रहरीले बसपार्कबाट पाँच वटा र आफ्नो एउटा गाडी गरी ६ वटामा राखेर उनीहरुलाई राँझाचोकसम्म पुर्याउने जनाएको छ।
स्थानीय प्रशासनले दक्षिणमा जमुनाहा, उत्तरमा राँझाचोक, पश्चिममा इन्द्रपुर गेट र पूर्वमा राप्ती नदीसम्म कर्फ्यु लगाएको छ।





























प्रतिक्रिया