कानूनको छिद्र प्रयोग गरी अपराधीकाे माफी मिनाहा गरिएकाेमा गगन थापाकाे विराेध

कानूनको छिद्र प्रयोग गरी अपराधीकाे माफी मिनाहा गरिएकाेमा गगन थापाकाे विराेध

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद गगन थापाले कानूनको छिद्र प्रयोग गरी गम्भीर अपराधमा संलग्न रहेको ठहर भएकालाई माफी मिनाहा गरिएको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले बदनियतसाथ गरिएका यस्ता कुराको विरोध गर्ने बताएका हुन् ।

संविधान दिवसको दिन ६७० जनालाई माफी मिनाहा गरिएको उल्लेख गर्दै उनले त्यसमध्ये कतिपय संविधानसम्मत् र कानून सम्मत भएपनि संविधानको मर्मविपरीत कानूनको छिद्रबाट बदनियतका साथ छिरेर गम्भीर अपराध ठहर गरिकालाई कैद माफी मिनाह गरिएको बताए ।

उनले भने, ‘बदनियतका साथ भएको यो निर्णय गलत छ । यसको विरोध हुन्छ र हामी गर्छौ ।’ यो विषय अदालतको ढोकासम्म पुगेर आफूहरुलाई गिज्याइरहेको र अदालतमाथि पनि प्रश्न खडा भएको उनको भनाई छ ।

Logo