सडक सुरक्षा सबैको दायित्वको विषय होः उपप्रमुख सुनिता डंगोल

सडक सुरक्षा सबैको दायित्वको विषय होः उपप्रमुख सुनिता डंगोल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले सडक सुरक्षा सबैको दायित्वको विषय भएको बताएकी छन् । 

शुक्रबार काठमाडौंमा आयोजित सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० समापन कार्यक्रममा उनले दुर्घटना कतिबेला कहाँ हुन्छ भन्ने थाहा नहुने त्यसको लागि आफै सचेत हुनुपर्ने बताएकी हुन् । 

उनले भनिन्, ‘हामी प्रहरीलाई दोष लगाइरहेका हुन्छौं । सडक सुरक्षा सबैको दायित्वको विषय हो । हतार करणले गर्दा गन्तव्यमा पुग्न सकिँदैन ।’ उनले हरेक दिन सडक दुर्घटनामा परि ६ देखि ७ जनासम्मले आफ्नो ज्यान गुमाएका हुन्छन् जो धेरैको लागि यो अङ्कमा मात्र सीमित हुन्छ, तर उ र उसको परिवारको लागि यो अंग पछाडि ठुलो पीडा हुने बताएकी छन् ।  

हरेक दिन १५ देखि १६ जना घाइते हुने गरेका छन् जसले गर्दा जिन्दगीभर पीडा हुने उनको भनाई छ । उनले महानगरले यातायातलाई विशेष प्राथमिकतामा राखेर काम गरेको बताएकी छन् । 

Logo